Wednesday, January 18, 2012

गीत गाउँदै थुप्तेन

@गायक थुप्देन भुटिया
@ निर्माता हरि खनाल 


‘आगो लाग्यो दिलैमा’……… बोलको गीत गाएर चर्चा कमाएका गायक थुप्देन भुटिया अहिले नेपाली सिने क्षेत्रको पाश्र्व गायनबाट हराएको जस्तो देखिएका छन् । तर उनी अहिले फेरि चलचित्रको गीत गाउन व्यस्त देखिएका छन् ।

चलचित्र ज्वालाको गीत रेकर्डिङ गर्दै गर्दा एक स्टुडियोमा भेटिएका उनी खुशी देखिएका थिए । उनले आफू सिने क्षेत्रबाट नहराएको बताए ।
‘अहिले दार्जलिङमा बस्दैछु, तर नेपाली गीतसंगीतबाट टाढा भने भएको होईन’ उनले भने । चलचित्र ज्वालामा चेतन सापकोटाले संगीत दिएका छन् । चलचित्रलाई ऋषि न्यौपानेले निर्देशन गर्ने भएका छन् ।

ज्वालालाई निर्माता हरि खनालले निर्माण गर्न लागेका हुन् । उनी नेपाली सिनेमा क्षेत्रका लागि नयाँ निर्माता हुन् । चलचित्र ज्वालाका लागि कलाकार भने तय नभैसकेको निर्देशक न्यौपानेले बताए ।

चलचित्र ज्वालामा उनका अलवा अन्जु पन्त, जुनु रिजाल, दिपक लिम्वु लगायतका गायक तथा गायिकाको आवाज रहनेछ । चलचित्र ज्वालाको गीत गाउँदै गर्दा गायक थुप्तेन भुटियाले भने -’म संगीतको क्षेत्रमा सक्रिय छु, अब छिट्टै नै नयाँ एल्वमको तयारीमा रहेको छु ।’

उनले आफूले निकाल्न लागेको नयाँ एल्वममा सबै खालको गीत भएको बताए । चलचित्र ज्वाला त्रिकोणात्मक प्रेमकथामा आधारीत रहेको छ ।

जे होस्, नेपाली सिने क्षेत्रमा गायक थु्प्तेन भुटियाको आगमनलाई सकारात्मक रुपमा हेर्न सकिन्छ ।

http://onlinekhabar.com/2012/01/118257.html

No comments:

Post a Comment